आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठमाडौंको गौगंबुमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

बुधबार, बैशाख ८ २०७८

काठमाडौं महानगरपालिका–२६ गोगंबु चोकमा प्रदेश नम्बर ३–०१–००१ क ५३५२ नम्बरको मिनिट्रकले बा.६५ प ६७१६ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक काठमाडौं लाजिम्पाट बस्ने सर्लाही बिष्णु गाउँपालिका–२ मधुवन घर भएकी १८ वर्षीया सिल्पा ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटरमा सवार काठमाडौं महानगरपालिका लाजिम्पाट बस्ने उदयपुर कटारी घर भएकी १८ वर्षीया क्रिस्मा बिष्टको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका मिनिट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनामा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।