आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एमालेका यि ३२ सांसदलाई स्पष्टीकरण सोध्ने !

बुधबार, बैशाख ८ २०७८

काठमाडौं – नेकपा एमालेले पार्टीका ३२ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ। सोमबार बसेको केन्द्रीय कमिटीको निर्णयले सांसदहरूलाई स्पष्टीकरण पत्र पठाउने तयारी गरेको हो। जसअनुसार संघका २७ र कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने पाँच सांसद छन्। 

पार्टीको हितविपरीत चलेको भन्दै एमालले स्पष्टीकरण पत्र पठाउन लागेको हो। स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआए वैशाख १० गते बस्ने केन्द्रीय कमिटीको बैठकले कारबाही गर्ने तयारी गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको एकै व्यहोराको स्पष्टीकरणमा विभिन्न आरोप लगाउँदै तपाईंलाई किन कारवाही नगर्ने? भनी प्रश्न गरिएको छ।

प्रमुख सचेतक विशाल भट्टराई र एमाले कार्यालय सचिव ईश्वरी रिजालले स्पष्टीकरण पत्र सम्बन्धित व्यक्तिको इमेलमा पठाएका छन्। कतिपयलाई संसदको पिजन होलमार्फत दिइएको छ। एमालेले यसअघि नै वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी ६ महिनाका लागि कारबाही गरिसकेको छ।

स्पष्टीकरण सोध्ने तयारी गरिएका नेताहरुको सूची

१ माधवकुमार नेपाल

२ झलनाथ खनाल

३ भीम रावल

४ सुरेन्द्र पाण्डे

५ घनश्याम भुसाल

६ पवित्रा निरौला

७ झपट रावल

८ यज्ञराज सुनुवार

९ मेटमणि चौधरी

१० जीवनराम श्रेष्ठ

११ विरोध खतिवडा

१२ सोमप्रसाद पाण्डे

१३ भवानी खापुङ

१४ नारायण खतिवडा

१५ जयकुमार राई

१६ गणेश पहाडी

१७ दीपकप्रकाश भट्ट

१८ योगेशकुमार भट्टराई

१९ हिराचन्द्र केसी

२० पुष्पाकुमारी कर्ण कायस्थ

२१ कल्याणी खड्का

२२ लक्ष्मीकुमारी चौधरी

२३ सरलाकुमारी यादव

२४ कृष्णलाल महर्जन

२५ नीरादेवी जैरु

२६ मुकुन्द नेउपाने

२७ रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसद

१ प्रकाश ज्वाला

२ नन्दसिंह बुढा

३ कुर्मराज शाही

४ अम्बरबहादुर थापा

५ देवी ओली