कमेडी च्याम्पियनको एक प्रतियोगीमा कोरोनाको लक्षण देखिएपछि अभ्यास नै स्थगित गरेर सम्पूर्ण प्रतियोगीलाई आइसोलेट गरिएको छ ।
शोका निर्देशक विशाल भण्डारीका अनुसार एक प्रतियोगीलाई निकै ज्वरो आएको छ । स्वाद तथा गन्ध पत्तो पाइरहेका छैनन् । विशालले भने, ‘हामीले उक्त प्रतियोगीको स्वाब दिइसकेका छौँ । मंगलबार रिपोर्ट आउँछ । यदि पोजेटिभ आयो भने सम्पूर्ण प्रतियोगीलाई परीक्षण गराउँनेछौँ ।’
प्रतियोगीलाई कोरोना पोजिटिभ देखिए यस साताको छायांकन स्थगित हुनसक्ने निर्देशक भण्डारीले बताए ।
कमेडी च्याम्पिन अहिले उत्कृष्ट १० मा पुगेको छ । डिजिटल अडिसनमा सहभागी ६ हजार बढी प्रतियोगीबाट छनोट हुँदै च्याम्पियनले उत्कृष्ट १० प्रतियोगी पाएको हो ।
कमेडी च्याम्पियनमा अब भोटिङ राउण्ड खुल्ला भएको छ । दर्शकले दिएको भोटका आधारमा उत्कृष्टताको छनोट हुनेछ । जजले एक व्यक्तिलाई ‘पर्फमर अफ द राउण्ड’को उपाधि दिएर सीधै छनोट गर्नेछन् ।