आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मृत अवस्थमा फेला

आइतबार, बैशाख ५ २०७८

काठमाडौं महानगरपालिका–१ जमलचोकस्थित पुलमुनी हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 
सुनसरी, ईटहरी उपमहानगरपालिका–१० सुकुमवासी टोल बस्ने ३५ वर्षीय गोपाल श्रेष्ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका–१५ नयाँगाउँ बस्ने ३३ वर्षीय महेन्द्र घले सोही महानगरपालिका–२७ सहिला पाखास्थित दिपाङ्ग एडभेन्चर एण्ड क्याम्पमा शनिबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार अन्य ७ जनासँगै उक्त क्याम्पमा आई बसेकोमा उनी मृत फेला परेका हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।