आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

‘स्टार अफ द मिलिनियम २०२१’मा २० प्रतियोगी

शुक्रबार, बैशाख ३ २०७८

काठमाडौं ।  ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन् । राजधानीमा आयोजित प्रारम्भिक चरणको अडिसनमा ७० बढी प्रतियोगीको सहभागीता रहेको थियो । अडिसनबाट छानिएका प्रतियोगीहरु अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुट्नेछन् ।

9.JPG

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्राली आयोजक रहेको १८ देखि ३० बर्षसम्मका विवाहित तथा अविवाहित महिला सहभागी प्रतियोगीताको प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई रयाम्प वाक, व्यक्तित्व विकास, संचारकला, फोटोसेसन, स्टेज प्रस्तुति, पब्लिक स्पिकिङ, हेल्थ टिप्स, महिला शशक्तिकरण प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिनेछन् ।

4.JPG

व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरि राष्ट्र र समाजका लागि योग्य महिला बनाउने उदेश्य प्रतियोगिताको रहेको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले बताए ।

5.JPG

अगामी जेठ १ गते राष्ट्रिय नाचघरमा फाइनलस्पर्धा आयोजना हुने प्रतियोगीताको मुख्य प्रयोजक लक्किज हेल्थ एण्ड स्क्रिन कियर सेन्टर लगनखेल र सहप्रायोजक जोजोलोप्पा गाडेन रेष्टुरेन्ट किर्तिपुर रहेको छ ।
शिर्ष सहित आधादर्जन बिजेता छानिने प्रतियोगीताका विजेताले बिभिन्न अवसर गिफ्ट पुरस्कारको रुपमा प्राप्त गर्नेछन् । प्रतियोगिताको फेसन डिजाइनर श्रीषा बैदार फैजु रहेकी छन्, भने कोरियोग्राफी राज फैजुले नै गर्नेछन् ।

7.JPG

11.JPG

10.JPG

6.JPG 

3.JPG

1.JPG

2.JPG