आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रहरीद्धारा हराएको ३० थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

मंगलबार, चैत्र ३१ २०७७

ललितपुर ।  विभिन्न मितिमा हराएका विभिन्न व्यक्तिहरूका ३० थान मोबाइल महानगरीय प्रहरी परिसर ललितपुरले फेला पारी सोमबार सम्बन्धित धनीलाई बुझाएको छ ।
मोबाइल हराएको भनि पीडितबाट प्राप्त निवेदनको आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा विभिन्न कम्पनीका मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाइएको महानगरीय परिसर ललितपुरले जनाएको छ ।