काठमाडौं । नेपाल राष्ट्र बैंककी निर्देशक शुष्मा रेग्मी रिजाल पुर्पक्षको लागि कारागार चलान भएकीछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार अनुसार शोभा रिजालको जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी रेग्मी रिजाल समेत भएको जेष्ठ नागरिक सम्वन्धी कसुर मुद्धामा प्रतिवादी रिजाललाई काठमाडौ जिल्ला अदालतको यही चैत ३० गते सोमबारको आदेशले पुर्पक्षको लागि जगन्नाथ देव सुन्धारा महिला बन्दी गृहमा थुनामा पठाईएको हो ।
रेग्मीई यही चैत २२ गते काठमाडौको दरबारमार्गबाट पक्राउ गरिएको हो । उनी बिरुद्ध उनकै आमा ८४ बर्षिय शोशा रिजालले दिएको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । रेग्मील आफ्नै आमाको माछापुच्छ्रे बैंकको लकरमा रहेको गरगहना, सिर्जना फाईनान्स, बिभिन्न सहकारी संस्थाहरु रहेको सेयर समेत गरी झण्डै तीन करोड रुपैयाँ भन्दा बढी सम्पती हडपेको देखिएको थियो ।