बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डुबेर मृत्यु 

सोमबार, चैत्र ३० २०७७

काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलास्थित नवनिर्मित घरको भुई तल्लामा रहेको पानी ट्याङ्कीमा डुबेर सोही ठाउँ बस्ने दाङ देउखुरी गाउँपालिका–३ घर भएका राजेश चौधरीकी पाँच वर्षीया छोरी रोशिका चौधरीको आइतबार साँझ मृत्यु भएको छ । ट्याङ्की नजिकै खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको हो । 
चितवनको कालिका नगरपालिका–८ चिसापानीस्थित गंगटे खोलामा डुबेर सोही ठाउँ बस्ने माईला चेपाङको ३ वर्षीय छोरा शितल चेपाङको आइतबार दिउँसो मृत्यु भएको छ । खोलामा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि जिल्ला सरकारी अस्पताल भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।