आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

महामारीका कारण बैदेशिक लगानी प्रभावित, ३७ प्रतिशतले घट्यो भित्रिने रकम

सोमबार, चैत्र ३० २०७७

काठमाडौं । महामारीका कारण  बैदेशिक लगानी पनि प्रभावित भएको छ । बिश्वभरका लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका कारण  बैदेशिक लगानी भित्रन नसकेको हो ।

खुद रकम के कति भित्रियो भन्ने नेपाल राष्ट्र बैंकले आकडा राख्छ ।  उद्योग विभागले लगानी स्वीकृत गरेपनि रकम ल्याउन भने राष्ट्र बैंकको अनुमति चाहिन्छ । उद्योग विभागका अनुसार बैदेशिक लगानी स्वीकृतिमा खासै कमि आएको छैन ।  स्वीकृतिमा कमि नआएपनि यता खुद रकम भने गत वर्षको तुलनामा ३७.३ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्ममा .९ अर्ब २ करोड  रुपैयाँ बैदेशिक लगानीको रुपमा आएको छ। जबकी गत वर्षको यहि अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१४ अर्ब ३८ करोड रहेको थियो ।

बैदेशिक लगानीमा कमि आएका कारण पुजीगत ट्रान्सफर र चालु खाता समेत केहि घटेको देखिन्छ।  यद्यपि मुलुकमा आएको रेमिट्यान्सका कारण सोधानान्तर स्थिती भने गत वर्षको तुलनामा सन्तोषजनक स्थितीमा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु खाता अहिले.१ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १०६ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको छ ।

त्यसैगरि पुँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ७ अर्ब ८३ करोड कायम भएको छ अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रहेको थियो ।

अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति .२१ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ ।

२०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०७७ माघ मसान्तमा रु.१४६२ अर्ब ३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ माघ मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १२ अर्ब ५७ करोड पुगेको छ ।