आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपालमै पहिलो पटक पम्पीङ स्टोरेज बनाउँदै विद्युत प्राधिकरण, सर्भे लाइसेन्स पाएपछि अध्ययन अघि बढ्यो

आइतबार, चैत्र २९ २०७७

काठमाडौं ।  बिजुली उच्च भएका समयमा बिजुली उत्पादन गर्ने र रातमा बिजुली बढि भएको बेलामा बिजुली उतपादनका क्रममा प्रयोग भएको पानी पुन सोहि स्रोतमा फर्काउने गरि बिकास गरेको ताललाई पम्पीङ स्टोरेज भनिन्छ  । जुन अहिलेसम्म नेपालमा प्रयोगमा छैन ।

यसअघि कुलमान घिसिङ विद्युत प्राधिकरणको नेर्तत्वमा रहँदा बेगनास तालको पानी रुपा तालमा खसालेर बिद्युत उत्पादन गर्ने लाइसेन्स पाएका थिए । तर यो खासै प्रतिफलमुलक नहुने देखेपछि प्राधिकरणले यो आयोजना अघि बढाएको छैन । तर यसको बिकल्पका रुपमा कुलेखानी तालको प्रयोग गरेर १ सय मेगावाट बिद्युत उत्पादन गर्ने प्राधिकरणले यषेजना अघि बढाएको छ ।

कुलेखानीमा पम्पीङ स्टोरेज बनाउनका लागि बिद्युत प्राधिकरणले चैत २० गते मात्रै अध्ययन अनुमति पत्र पाएको छ। जसका लागि अहिले फिल्ड अध्ययन र अन्य काम पनि अघि बढाइएको प्राधिकरण बताउँछ ।

कस्तो हो त यो  आयोजना ?

यो आयोजनाका लािग बिद्युत प्राधिकरणले सिस्नेरी तर्फ करिब ५ सय मिटर लामो सुरुङ बनाउनेछ । जसबाट सिस्नेरी तर्फ पानी खसाउनेछ ।

बिद्युतको उच्च माग भएको बेला अर्थात बेलुका ६ देखि ९ सम्म यो आयोजना सञ्चालन गरिनेछ । हुनत यो आयोजनाबाट ६ घन्टा सम्म बिजुली उत्पादन गर्न सकिन्छ । यसरी बिद्युतको उच्च माग भएका बेलामा चलाउने र यसबाट बिद्युत उत्पादन गरेर बाहिरिएको पानी फेरी  राती बिद्युत खेर जाने बेलामा इन्द्रसरोबर तालमै फर्काउने बिद्युत प्राधिकरणको तयारी छ ।

करिब ९ अर्ब लागतमा बन्ने यो आयोजना यस आयोजनाबाट निस्केको करिब १० लाख क्युबिक मिटर पानी राख्नका लागि सिस्नेरीमै ड्याम बनाइनेछ ।

३ रुपैयाँ ४० पैसामा खरिद गरेको बिजुलीबाट ९ रुपैयाँ ४० पैसामा बिक्री हुने बिजुली उत्पादन हुन्छ । तर बिज्ञ भने यो आयोजना प्रतिफलमुलुक बनाउन बिजुली महसुलको दर नै घटाउनु पर्ने बताउँछन् ।

 
अहिले भइरहेको आयोजना कस्तो छ  त ?

अहिले कुलेखानीको यो इन्द्रसरोबर ताल जहाँ ८ करोड ५३ लाख क्युबिक मिटर पानी जम्मा गर्न सकिन्छ । बिद्युतको उच्च माग भएका बेलामा प्रयोग गरिने यो सरोबरमा आधारित रहेर तीनवटा आयोजना बनाइएका छन् ।

सुरुमा धोर्सिङ तर्फको सुरुङबाट करिब १३ सय २४ मिटर  तल रहेको कुलेखानी जलविद्युत आयोजन प्रथमबाट ६० मेगावाट बराबरको बिजुली  उत्पादन हुन्छ ।

यो आयोजनाबाट निस्केको पानीसँगै  मान्डु खोलाको पानी र   राप्तीबाट पम्पीङ गरेर भैसेमा रहेको ३२ मेगावाट आयोजनाबाट बिद्युत उत्पादन गर्ने गरिएको छ । दोस्रो आयोजनाबाट निस्केको पानी फेरी ३  सय दुई मिटर पर रहेको कुलेखानी तेस्रोका लागि प्रयोग गरिन्छ ।

१४ मेगावाटको कुलेखानी तेस्रो आयोजनामा  कुलेखानी दोस्रोबाट निस्केको  पानीसँगै खानी खोलाको पानी पनि यसमा मिसाइन्छ  । यसरी कुल १ सय ६ मेगावाट विद्युत उत्पादन गरेपछि यो पानी भने राप्ती नदिमा मिसाइन्छ, जसलाई पुन तालमा फर्काउने  गरिएको छैन । तर अब भने बन्न लागेको पम्पीङ स्टोरेज आयोजनामा बिद्युत उत्पादनका क्रममा प्रयोग भएको पानी  रातकाृे समयमा पुन इन्द्रसरोबर तालमै फर्काइनेछ ।