काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम ४३ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक बर्षको यही चैत १७ गतेसम्ममा सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंकहरु, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा बिकास बैंक र २१ वटा फाईनान्स कम्पनीहरुको कुल निक्षेप उक्त अनुपातमा पुगेको हो ।
कुल निक्षेप मध्ये बाँणिज्य बैंकहरुमा मात्र रहेको कुल निक्षेप ३८ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ भने बिकास बैंक र फाईनान्स कम्पनीहरुमा रहेको कुुल निक्षेप रकम पाँच खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । यसबिचमा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम भने ३८ खर्ब ९६ अर्ब रुपैयाँ पुुगेको छ । उक्त कर्जा रकम मध्येमा बाँणिज्य बैंकहरुको मात्र कुुल कर्जा ३४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ भने बिकास बैंक र फाईनान्स कम्पनीहरुको कुुल कर्जा रकम चार खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा रहेको कुुल निक्षेमा चल्ती निक्षेपको अंश आठ दसमलव दुई प्रतिसत मात्र रहेको छ । यस बाहेक बचत र मुद्धती निक्षेपको अंश भने ३३ दसमलव नौ प्रतिसत र ४८ दसमलव नौ प्रतिसत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः आठ दसमलव दुई प्रतिशत, ३१ दसमलव छ प्रतिशत र ४९ दसमलव नौ प्रतिशत रहेको थियो । २०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२ प्रतिशत रहेको छ । २०७६ माघ मसान्तमा यस्तो निक्षेपको अंश ४४ दसमलव नौ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंक्का अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप नौ दसमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप छ दसमलव चार प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ माघमसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२ दसमलव चार प्रतिशतले बढेको छ ।
पछिल्लो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १७ दसमलव तीन प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १४ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १७ दसमलव सात प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह चार दसमलव चार प्रतिशतले बढेको छ । २०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दसमलव चार प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दसमलव तीन प्रतिशत कर्जा चालु सम्पत्ति अर्थात कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७६ माघमसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५ दसमलव एक प्रतिशत र १३ दसमलव चार प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७७–०७८ को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जा मध्ये कृषि क्षेत्रतर्फको कर्जा २५ दसमलव पाँच प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १० दसमलव एक प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा सात दसमलव छ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा सात दसमलव नौ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ११ दसमलव दुुई प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १३ दसमलव एक प्रतिशतले बढेको छ ।
बैंक तथा फाईनान्स कम्पनीहरुमा रहेको निक्षेपको अशं (प्रतिशतमा)
निक्षेप २०७६ माघ मसान्त २०७७ माघ मसान्त
चल्ती ८.२ ८.२
बचत ३१.६ ३३.९
मुद्धती ४९.९ ४८.९
अन्य १०.३ ९.० (श्रोत नेपाल राष्ट्र बैंक)