बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शनिवार पनि बैकहरु खुल्ने

शुक्रबार, चैत्र २७ २०७७

काठमाडौं ।  शनिवार पनि बैकहरु खुल्ने भएकाछन । राष्ट्र बैकले बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनी समेतको सुचना जारी गर्दे राजश्व बुझ्ने प्रयोजनको लागि आगामी शनिवार पनि तथा फाईनान्स कम्पनीहरुको काउन्टर खुल्ला राख्न निर्देशन दिएको हो । 
२०७५ असार २६ गते देखि नै अनुुमतीप्राप्त सम्पुर्ण बैंक तथा बित्तीय संस्थाहरुलाई जारी गरिएको सुचना अनुसार बर्षभरी नै असोज, पुस , चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सो पछि मसान्तसम्म शनिवार लगायत जुनसुकै सार्वजनिक बिदा परेतापनि राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरुको राजश्व बुझ्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंक लगायत राजश्व कारोवार गर्ने सम्पुर्ण बैंकहरु, चेक क्लियरिङ गर्ने प्रयोजनको लागि अन्य बैंक तथा बित्तीय संस्थाहरु एवं नेपाल क्लियरिङ हाउस पुर्णकालीनरुपमा खुल्ला गरी राजश्व बुझ्ने व्यवस्था गर्न, गराउन यो सुचना जारी गरिएको छ, राष्ट्र बैंकले सुचना जारी भनेको हो ।   

bank.JPG