नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन अन्तर्गत आज भएको मतपरिणाम घोषणा रद्द गर्न माग राख्दै ठाउँ ठाउँमा निवेदन परेको छ । नियम विपरीत निर्वाचन गरिएको जनाउँदै रद्द गर्न माग पेश गरिएको निवेदनमा उल्लेख छ ।
निवेदनमा निर्वाचनलाई सौहार्द्ररुपमा सम्पन्न गराउन आयोगलाई सहयोग गरिएको जनाउँदै उम्मेदवारको अन्तिम नामावली प्रकाशनपश्चात नमूना पत्रसमेत उपलब्ध नगराईएको , जिल्ला कार्यसमिति तथा केन्द्रिय परिषद सदस्यको मतपत्रमा निर्वाचन कार्यविधि तथा आचारसंहिता विपरित क्रम संख्या उल्लेख गरिएको र अर्धकट्टी समेत नष्ट गरिएको जनाईएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति,नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश निर्वाचन समिति तथा जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई बोधार्थ हुने गरी अध्यक्ष पदका उम्मेदवार नारायणप्रसाद नेपाल,उपाध्यक्ष पदका उम्मेदवार नवदिप श्रेष्ठ,महिला उपाध्यक्ष पदका उम्मेदवार रुपा अर्याल र केन्द्रीय परिषद सदस्य पदका उम्मेदवार देवचन्द्र भट्टले निवेदन पेश गरेका हुन् ।
त्यहाँ गणेश बस्नेतको प्रेस चौतारी,बिप्लव समूहसहित एकातिर र युनियन,माओवादीसहितको अर्को समूह प्रतिस्पर्धामा थियो ।