आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

बिहिबार, चैत्र २६ २०७७

काठमाडौं ।  महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी बिचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखाकार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम हस्तान्तरण गरिएको छ । बैकका अनुसार सो वापत छ लाख सात हजार पाँच सय रुपैयाँ हकवालालाई हस्तान्तरण गरिएको हो । 
थाहा न. पा. वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासीस्व. देगु माया बलामीको मृत्युहक दावी बीमाबापतको रकम बराबरको चेक क्रमश पाँच लाख २५ हजार हकवाला कल्पना घर्ती र ८२ हजार पाँच सय रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माद्धारा मृतकको निवासमा गई हस्तान्तरण गरिएको हो ।

laxmi.JPG
उक्त कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्न वर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमा योजना केहो र किन हो भन्ने कुरामा प्रष्ट पारेका थिए । त्यसैगरि बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानिय कृषकहरुले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकहरुको हातमा पुर्याए मात्र गाँउको विकास हुने कुरा प्रष्ट पारेका थिए । । उक्त कार्यक्रममा स्थानिय बासिन्दा, जनप्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।