कैलाली । गोदावरी नगरपालिका–२ पानी ट्याङकीस्थित सडकमा से.१ ख १७३१ नम्बरको ट्रकमा बा.१४ च ४६३५ नम्बरको कार सोमबार बेलुका ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएकी कारमा सवार सुर्खेत भेरीगंगा नगरपालिका–५ कालीदमार बस्ने २७ वर्षीया सुनिता पुन मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।