बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बाहिरिएसँगै बढ्न थाल्यो तराइ क्षेत्रमा चुहावट

मंगलबार, चैत्र २४ २०७७

नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बाहिरिएसँगै चुहावट बढ्न थालेको देखिएको छ । बिशेषगरि तराईका क्षेत्रमा चुहावट बढेको छ ।

तराईका क्षेत्रमा चुहावट नियन्त्रण गर्ने भन्दा पनि चोरीमै सेटिङ गर्ने कर्मचारीहरु सरुवामा परेकाले यस खालको समस्या आएको बिद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जनाएअनुसार, गत वर्ष दुई नम्बर प्रदेशमा चुहावट १५ प्रतिशत हुने गरेको थियो । जुन अहिले बढेर १६ प्रतिशत पुगेको छ ।   

अहिले गर्मि लागेसँगै फेरी तराई  क्षेत्रमा चुहावट बढेको छ ।  बिशेषगरि जनकपुर बितरण केन्द्र अन्तर्तगत पर्ने जिल्लाहरु बारा, पर्सा, सप्तरी र सर्लाहीमा बढि चुहाजवट हुने गरेको छ ।

त्यस्तै बागमती प्रदेशको चुहावट पनि ७ प्रतिशतबाट बढेर आठ प्रतिशत पुगेको छ  । चिसो समयमा काठमाडौं उपत्यकामा विद्युत चोरी बढ्ने गर्छ । बिशेषगरि भक्तपुर र ललितपुरमा यस्तो चोरी हुने गरेको प्राधिकरण बताउँछ । कैयन स्थानमा यस्ता चोरी  प्राधिकरणले नियन्त्रण गर्न सकेको छैन ।

गत वर्षको असारसम्म प्राधिकरणको चुहावट १० दशमलव २८ प्रतिशत रहेकोमा यो वर्षको माघ मसान्तसम्म यस्तो चुहावट बढेर ११ दशमलव दुई आठ प्रतिशत पुगेको छ। गत वर्ष यस्तो चुहावट ८ दशमलव ५  प्रतिशतमा झार्ने लक्ष्य राखेको प्राधिकरण लक्ष्य अनुसार काम गर्न नसकेपछि यो वर्ष पनि लक्ष्य गत वर्षकै राखेको छ ।

 तर यस्तो चुहावट  घट्नुको साटो झनै बढेकोे छ । चुहावट हुने क्षेत्रका  विद्युत प्राधिकरणका कर्मचारी यस्तो नियन्त्रण तर्फ लाग्न नसक्दा चुहावट झनै बढ्न गएको हो  । हुनत ट्रान्समिसन् लाइन तथा ट्रान्सफर्मर गुणस्तरीय नहुँदा पनि चुहावट नियन्त्रण हुन्छ । तर अहिले प्राधिकरणले ट्रान्समिसन् लाइन र ट्रान्सर्फर भने फेर्ने तथा क्षमता बढाउने काम गरिरहेको छ ।

 नेपाल विद्युत प्राधिकरणले चुहावट नियन्त्रणका काम अघि बढाउन नसक्दा यो झनै बढेर गएको देखिएको छ । गर्मि लागेसँगै तराई  क्षेत्रमा हुकिङ तथा बाइपास गरेर बिद्युत चोरी गर्ने बढेकाले गत वर्षको तुलनामा १ प्रतिशतले चुहावट बढेको  देखिएको हो । 

विद्युत प्राधिकरण भने कोरोना महामारीका कारण  चुहावट नियन्त्रणका काम अघि बढाउन नसकिएको बताउँछ ।