बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वैदेशिक रोजगारी नाममा अर्जुन नेपालीको ठगी धन्दा

मंगलबार, चैत्र २४ २०७७

काठमाडौँ | वैदेशिक रोजगारीका निम्त्ति माल्टा र क्रोएशिया पठाई दिने भन्दै नवलपरासीका सोझा-साझा युवालाई बुद्ध इन्टरप्राइसेसको एजेन्ट बताउने अर्जुन नेपाली नाम गरेका व्यक्तीले लाखौं ठगी गरेका छन् l

pr.JPG

०७७ सालको साउन महिनामा नवलपरासीका ११ जना सोझा युवालाई इटालियन टापु सिसिलीको दक्षिणमा अवस्थित युरोपियन मुलुक माल्टामा रोजगारीको अवसर रहेको र प्रति व्यक्ती ६ लाख लाग्त लाग्ने साथै प्रकियाका निम्ति भन्दै प्रति व्यक्ती ३५ हजारका दरले रकम उठाई अर्जुन फरार रहेको भन्दै पीडितहरु प्रमाणसहित ठगी मुद्धाको उजुरी दिन काठमाडौँ स्थित वैदेशिक रोजगार विभागमा आएका हुन् l

muktnath.jpg

युवाहरुलाई माल्टाको रोजगारीका नाममा ठग्न पल्केका केही व्यक्तिहरुले सामाजिक सञ्जाल भाइबर, ह्वाट्सएप र ईमो मार्फत आकर्षक विज्ञापन पठाई प्रतिघण्टा साढे ४ युरो र मासिक १ हजार ५० युरो करिब एक लाख ३० हजार रुपैयाँसम्म कमाइ र पाँच वर्षपछि पिआर हुन्छ भनी लोभ्याउने गरेका छन् । माल्टा पुगेपछि तीन महिनामा युरोप भन्दै छ्यापछ्याप्ती आकर्षक विज्ञापन सामाजिक सञ्जालमा भेटिने गरेका छन् ।

सन् १९६४ मा ब्रिटेनबाट स्वतन्त्रता पाएको माल्टा आप्रवासीका लागि युरोप प्रवेश गराउने मार्गको रूपमा प्रयोग हुँदै आएको छ । कन्टेनरहरूको पारवहनको एउटा मुख्य केन्द्रका रूपमा  रहेको माल्टा बिदा मनाउने चर्चित ठाउँ पनि हो । त्यसले त्यहाँ रोजगारी बढाईरहेको छ । तर अनुगमनका अभावका माल्टामा देखिएको अवसर बेरोजगार नेपाली युवा ठगिने माध्यम बनेको कतिपयको भनाई छ । माल्टा जस्तै पोल्याण्ड, रोमानियालगायतका मुलुकमा भिसा दिलाइदिन सक्ने भन्दै एजेण्टहरुले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् । त्यसको अनुगमन हुन नसकेको पीडितहरुको भनाइ छ ।