बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साँग्रिला डेभलपमेन्ट बैंकको १६ औं बार्षिक साधारण सभा सम्पन्न 

सोमबार, चैत्र २३ २०७७

काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले सोमबार काठमाडौंस्थित लैनचौर बैंकेटमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 
सभाले हाल कायम रहेको चुक्ता पुंजी दुई अर्ब ६० करोड ,६६ लाख ४० हजार चार सय रुपैयाँ मध्येबाट पाँच प्रतिसत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी सभाले कर प्रयोजनको लागि हाल कायम रहेको चुक्ता पुंजी मध्येबाट शुन्य दसमलव २६ प्रतिसत नगद लाभांस बितरण गर्ने समेतको प्र्र्रस्ताव पारित गरेको छ । 
बैकले हाल सबै क्षेत्रमा गरी देशभर ९५ वटा शाखा कार्यालयहरु एवं ३१ वटा एटिएम काउन्टर मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा उत्कृष्ट अभ्यासलाई पालना गरेको जानकारी पनि बैंकले दिएको छ ।