आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सानिमा बैंकको केवाईसी विद्युतीय माध्यमबाट अद्यावधिक गर्न सकिने

सोमबार, चैत्र २३ २०७७

काठमाडौं ।  सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दे विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ । सानिमा बैंकको ग्राहकहरुले बैंकको वेबसाइटमा लग ईन गरी अनलाईन केवाईसीमा अपडेटमा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्नेछन । 
यद्धापी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरुले आफूलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्नेछ । बैंकमा उपस्थित नभई आफू  अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरै भन्दा धेरै ग्राहकवहरुलाई लाभान्वित हुने बैंकको विश्वास रहेको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।