आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा खालिङ, बैंकले अझ उचाई लिने बिश्वास

सोमबार, चैत्र २३ २०७७

काठमाडौं ।  भारतको पञ्जाव नेशनल बैंक समेतको साझेदारी रहेको एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त भएकाछन । बैंक सञ्चालक समितीको पछिल्लो पटक बसेको बैठकले खालिङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकी हो । 
बैंकङ क्षेत्रमा निकै नै सफल कुशल व्यवस्थापकीय क्षमता भएको बैकरकोरुपमा परिचित खालिङ एभरेष्ट बैकमा प्रमुख कार्यकारी अधिकृत हुने पहिलो नेपाली नागरिक हुन । यसअघि उक्त बैकमा भारतीय नागरिक प्रमुख कार्यकारी अधिकृत हुने गरेका थिए । नवनियुक्त प्रमुख कार्यकारी खालिङसंग सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा काम गरेको लामो अनुभव उनीसँँग छ ।
झण्डै दुई दशक बैंक तथा वित्तीय संस्थामा अनुभव हासिल गरिसकेको खालिङ बैंक तथा वित्तीय संस्थामा सञ्चालन तथा बैंकिङ जोखिममा राम्रो अनुभव र दक्षता भएको बैकरकोरुपमा चिनिने गरेकाछन ।