आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य

सोमबार, चैत्र २३ २०७७

काठमाडाैं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले मंगलबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो। 

पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ।

यस्तै हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको निमगले जानकारी दिएको छ। 

petrol.JPG