आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आइतबार, चैत्र २२ २०७७

काठमाडौं ।  ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीस्थित निर्मलराज पौडेलको च्याउ टहरोमा शनिबार दिउँसो आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी कपिलवस्तुको यसोधरा गाउँपालिका–६ रंगपुरस्थित असर्थि यादवको जग्गामा राखेको परालमा शनिबनार साँझ आगलागी हुँदा उक्त आगलागी ५० जना व्यक्तिहरुको गहुँबाली खेतमा समेत फैलिदा करिब १७ लाख रुपैयाँ बराबरको ६ सय ३२ क्विन्टल गहुँ जलेर नष्ट भएको छ । 
रूपन्देहीको गैडहवा गाउँपालिका–३ मंगलचोक बस्ने सरोज कुमार कोहारको पोल्टी फर्ममा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा फर्ममा रहेका १ सय ७० वटा कोईलर जातको कुखुरा, फर्म र कुखुराको दाना समेत जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
सुनसरीको रामधुनी नगरपालिका–७ सेउती खोलाको छेउमा निर्माणधिन पुलको सामग्री तथा स्टोर रहेको ३ वटा घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब २१ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
खोटाङको बराहपोखरी गाउँपालिका–१ स्थित सामुदायिक बनमा लागेको आगो फैलिएर सोही ठाउँस्थित गहते बस्ने निरन्जन भुजेलको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर, भाँडाबर्तन र नगद २२ हजार रूपैयाँ समेत जलेर करिब १३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।