आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

श्री भरत राज वोस्ती निर्देशकको रूपमा सीबीआईएल क्यापिटलमा सम्मिलित

आइतबार, चैत्र २२ २०७७

कर्मचारी सञ्चय  कोष, नेपालका प्रमुख प्रबन्धक श्री भरत राज वोस्ती, सीबीआईएल क्यापिटलमा निर्देशकका रूपमा सम्मिलित भएका छन्। श्री वोस्ती नेपालको पूँजी बजार क्षेत्रमा धेरै अनुभवी कर्मचारी हुन्। श्री वोस्ती एनआईडीसी क्यापिटल मार्केट लिमिटेडका भुतपूर्व  प्रमुख कार्यकारी अधिकृत पनि हुन ।  

कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले श्री वोस्तीलाई २० चैत्र २०७७ मा कम्पनीको कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरे। सोही  कार्यक्रममा अध्यक्ष , अन्य निर्देशक र सीईओले निवर्तमान निर्देशक श्री राजेन्द्र शाक्यलाई आफ्नो कार्यकालमा गर्नुभएका महत्वपूर्ण योगदानका लागि धन्यवाद दिए।