आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माछा मार्ने बम बनाउने क्रममा विष्फोट हुँदा १ जनाको मृत्यु 

शुक्रबार, चैत्र २० २०७७

बागलुङ ।  माछा मार्ने बम बनाउने क्रममा अचानक विष्फोट हुँदा बडिगाड गाउँपालिका–२ बस्ने ३१ वर्षीय मित्र रानाको बिहीबार दिउँसो मृत्यु भएको छ । 
गम्भीर घाइते भएका उनको पाल्पा प्रभास अस्पताल हुँदै थप उपचारका लागि मिशन अस्पताल पाल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै विष्फोटमा घाइते भएका सोही गाउँपालिका–२ मा डेरा गरी बस्ने गुल्मी मुसिकोट नगरपालिका–१ घर भएका २८ वर्षीय अरुण कुमार पुनको पाल्पा प्रभास अस्पतालमा उपचार भइरहेको  र अवस्था गम्भीर रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।