काठमाडौं । पूर्व उपराष्ट्रपति परामानन्द झा यतिबेला सहकारीमा आफ्नो रकम फसेपछि तनावमा छन् । उनि मात्रै कहाँ हो र १८ प्रतिशत ब्याजको लोभमा पूर्व सचिव श्याम मैनालीको पनि ३ करोड रकम सहकारीमा डुबेको छ। झा उपराष्ट्रपति भइसकेकाले बाहिर आउन सकेका छैनन । तर मैनाली भने अहिले पुरानो व्यवस्थापन हटाएर त्यसको सम्पत्ति कब्जा गरेर आफ्नो रकम फुस्काउने दाउमा छन् ।
तर राज्यको उच्च तहमा पुगेका यि दुबै ब्यक्तिले सहकारीको मान्यता बिपरित त्यहाँ रकम जम्मा गरेका छन् । उनिहरुले समेत जम्मा गरेको प्रचारप्रसार गरेपछि कैयन जनताले त्यसमा लगानी गरेका थिए । जसका कारण अहिले करिब ४२ करोड बराबरको रकम डुबेको छ।
स्रोत भन्छ‘ यसको व्यवस्थापनले घरजग्गामा लगानी गरेर पैसा कमाउँछु भनेर लागेको थियो , तर सफल हुन सकेन, साना तिना मानिसको ठूलो रकम यहिका सञ्चालकले चलाएको रकम हो, सहकारी सञ्चालकले नै डुबाए । ’
सहकारी क्षृेत्रमा के कसरी रकम कहाँ प्रयोग भइरहेका छ भन्ने राज्यलाई समेत जानकारी हुँदैन । बैंकहरुको लगानी कुन क्षेत्रमा भइरहेको छ राष्ट्र बैंकलाई प्रष्ट जानकारी हुन्छ । तर यसरी स्वनियमन भन्दै स्थापना भएका यस्ता सस्थाबाट भने कैयनको रकम डुबिसकेको छ।
ओरेन्टल सहकारीले निक्षेपकर्ताको १६ अर्ब १ करोड रुपैयाँ तिर्न बाँकी छ । करिब ८ वर्ष देखि फसेको रकम कोहि कसैले पाउन सकेको छैन । यसरी रकम फसेको अवगत हुँदा हुँदै पनि सरकारको उच्च ओहोदामा बसेका ब्यक्तिहरुले सहकारीमा रकम राख्न छाडेका छैनन् ।
पशुपति, सिभिल , गुडवली जस्ता सहकारीमा पनि सरकारका उच्च ओहोदाका ब्यक्तिले नै लगानी गरेका छन् । बिशेषरि प्रंहरी र सेनाका उच्च तहका ब्यक्तिरुको ति सहकारीमा लगानी भएको हुँदा यसलाई अहिले नै समस्याग्रस्त घोषणा नगरि यसलाई सञ्चालमा ल्याएर नै रकम फिर्ता गर्ने प्रयास गरिएको छ ।
सहकारी क्षेत्रमा निक्षेप हुने स्रोतको खोजी हुने व्यवस्था २०७४ सालमा नै गरिएको हो । तर यसको पुर्ण कार्यान्वयन भने गत वर्षबाट मात्रै आएको छ । जसका कारण अवैधमा रुपमा आर्जन गरेको रकम धेरैलाई लुकाउने ठाउँ सहकारी भएको छ ।
यसलाई नियमन गर्नुपर्छ भन्दा यो त स्वनियमन हुने सस्था हो भनेर सहकारीका नेताहरुले भन्ने गरेका छन् । र यसलाई नियमन गर्नबाट परै राखिरहेका छन् । यसो गर्दा प्रत्यक्ष लाभ उनिहरुलाई नै भएको छ ।
उपराष्ट्रपति परमानन्द झा र उनको परिवारको सदस्यको परिवारको १८ लाख फसेको छ । उच्च ब्याजको लोभमा उनले रकम त्यहाँ राखेका थिए ।
सहकारी भनेको उच्च ब्याजका लागि रकम राख्ने ठाउ नै हैन । यो त रकम राख्ने र पर्दाको बेलामा आफुले पनि त्यहाँबाट निकालेर व्यवसाय गर्नका लागि हो । अर्थात सहकारीका सदस्यहरु सबैले रकम राख्ने र आवश्यकता अनुसार रकम निकालेर व्यवसाय गर्न होस् वा त घरको घरको गर्जाे टार्न यस्तो रकम प्रयोग गर्ने हो ।
एक त कानुन बनाउने थलोमा नै पनि सहकारी सञ्चालकको दबदबा छ । जसका कारण नै उनिहरुले भने बमोजिम गरि सहकारी सञ्चालन हुन पाएका छन् । देशभर सञ्चालनमा रहेका सहकारीमध्ये आधाजसो त बैंकको जस्तो बचत तथा ऋणको कारोबार गर्ने सहकारी छन् । तर पनि राजनीतिक नेर्तत्व भने यिनै सहकारीका सञ्चालकलाई पक्षपोषण हुने गरि कानुन निर्माण गरिरहेका छन् ।