आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठको पुल बनाउने क्रममा खसेर एक जनाको मृत्यु  

बुधबार, चैत्र ११ २०७७

मुगम कमारोङ गाउँपालिका–५ सेरोकघाट बस्ने ३१ वर्षीय छिरङ तन्दुप लामाको काठको पुल बनाउने क्रममा पुलबाट खसेर सोमबार दिउँसो मृत्यु भएको छ । 
सोही ठाउँस्थित कर्णाली नदीमा काठको पुल बनाउने क्रममा अचानक पुलबाट खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डोल्फु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि २ सय मिटर टाढा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।