आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रचण्डसँग यसकारण भारत चिढियो

मंगलबार, चैत्र १० २०७७

भारतीय पक्षले अहिले नेकपा माओवादी केन्द्रका अध्यक्षले पछिल्लो आमनिर्वाचनअघि दिएको वाचा तोडेकाले ‘अविश्वासिलो व्यक्ति’ भन्दै प्रचार गरिरहेको चर्चा छ । उसका अनुसार प्रचण्डले त्यसबेला नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो पार्टीको एकीकरण नहुने वाचा गर्नुभएको थियो । नेपाल- भारत राजनीतिक मामिलाका एकजना जानकारका अनुसार ‘इण्डियाले त्यतिबेला ओलीले भारतविरोधी भावना फैलाएर चुनाव लडेको निश्कर्ष निकालेको थियो । त्यहि भावनामा चुनाव जितेको समेत उसको ठहर थियो ।’

ओलीले अपनाएको त्यो बेलाको चुनावी रणनीतिले भारतलाई निकै झस्कायो । त्यसैले उहाँलाई कमजोर बनाउन भन्दै भारतले धेरै लगानी माओवादी केन्द्र र उसका उम्मेदवारलाई गरेको भारतीय स्रोतको दाबी छ । अहिले त्यहि बेलाको आपसी सहयोगका कतिपय हतकण्डा एक्सपोज गर्ने तयारीसमेत गरिएको बताइन्छ । यसो गर्नुको कारण बताउँदै स्रोत भन्छ ‘प्रचण्डले एमालेसँग एकीकरण नगर्ने वचन दिएपनि त्यस विपरीत एकीकरण गर्नुुलाई भारतले अहिलेसम्म धोका ठान्दै आएको छ ।’

‘ओली एकातिर बहालरत प्रधानमन्त्री,दोस्रो वर्तमान राष्ट्रपतिसँग ट्युनिङ मिल्ने भएको र ‘अनपपुलर’ भएपनि पार्टीभित्र बहुमत हासिल गरेकाले भारतलाई आगामी दिनमा महत्वपूर्ण डिल गर्न सहयोगी हुने’ भएकाले पहिलो प्राथमिकतामा ओलीलाई राखेको ती विश्लेषकको ठहर छ ।

भारतको बुझाई दाहालले एकीकरण गर्दिंन,चुनावी सहकार्य मात्र गर्छु भनेपनि आफूहरूलाई झुक्याए भन्ने हो । स्रोत भन्छ- ‘चुनावी सहकार्य गर्दा माओवादीले आफ्नो क्षमता ठूलो हुने र रणनीतिक हिसाबले महत्वपूर्ण हुने विश्वास भारतलाई दिलाएको थियो । तर,चुनावपछि चिनियाँहरूको सल्लाह मानेर पार्टी एकीकरण गर्नुभयो । त्यसमा सबैभन्दा धेरै प्रचण्डबाट धोका भयो ।’

भारतले आवश्यक परेको बेलामा आफू र चीनमध्ये कुनै एक रोज्नुपर्दा प्रचण्डले उत्तरलाई नै रोज्ने गरेको निश्कर्ष र आरोप लगाएको छ । स्रोतले प्रचण्ड चीनसँग गोप्य साँठगाँठमा समेत संलग्न भएको आरोप लगाउँदै भनेको छ ‘त्यसपछि भारतले प्रचण्डलाई विश्वासयोग्य पात्र नभएको ठहर गरेको हो ।’

भारतले पनि त्यसपछि ‘यु टर्न’ हुँदै प्रधानमन्त्री ओलीलाई नै विश्वासयोग्य मित्र बनाउने योजना बनाउन थाल्योे । तीन वर्षदेखि त्यसैमा जुट्यो । ‘ओली एकातिर बहालरत प्रधानमन्त्री,दोस्रो वर्तमान राष्ट्रपतिसँग ट्युनिङ मिल्ने भएको र ‘अनपपुलर’ भएपनि पार्टीभित्र बहुमत हासिल गरेकाले भारतलाई आगामी दिनमा महत्वपूर्ण डिल गर्न सहयोगी हुने’ भएकाले पहिलो प्राथमिकतामा ओलीलाई राखेको ती विश्लेषकको ठहर छ ।

तर,एमाले विभाजित भयो र ओली कमजोर भएको अवस्थामा दोस्रो विकल्पमा उसले काँग्रेस,ओली र मधेशवादी दलको सरकार बनाउनुपर्छ भन्दै आएको छ । त्यस्तो अवस्थामा पनि सकेसम्म प्रचण्ड र माधव नेपाललाई बाहिरै राख्नुपर्छ भनिएको छ ।

नयाँ रणनीति अघि सारेको छ ‘कम्युनिष्टहरूलाई छिन्नभिन्न पार्नुपर्छ । मुख्य दलहरूभित्र अराजकता छिराइदिनुपर्छ र अनि चीनलाई सोध्नुपर्छ-नेपालमा कसले भनेको लागु हुँदो रहेछ त,देख्यौ ?’

भारतको विश्वास छ जसपा ‘ब्रेक’ हुँदैन । किनभने जसपामा उपेन्द्र यादव धेरै कमजोर भएका छन् । अर्कोतर्फ महन्थ ठाकुर र महतोसँग १७ जना सांसद ‘इनट्याक्ट’ छन् । बरु यादवका केहीले यसबीच ओलीतिर हिमचिम बढाएका छन् । विमल श्रीवास्तव,इस्तियाक राई, रेणु यादवहरूले परेको अवस्थामा मसक्क आँट्नेछन् । त्यस्तो अवस्थामा उपेन्द्र उनीहरूसँगै लोली मिलाउँदै हिँडे भने पार्टी विभाजन हुँदैन । भोलि पार्टीभित्र भोटिङको स्थितिमा ठाकुर–महतोले ओलीलाई समर्थन गर्ने,बाबुराम र उपेन्द्रले प्रचण्डलाई समर्थन गर्ने अवस्था आयो भने उपेन्द्रका केही मान्छे यताउता हुने भारतीय विश्वास छ ।

अर्कोतर्फ बाबुराम भट्टराई बढी सेन्टिमेण्टल कुरा गर्ने भएकाले उपेन्द्रले पनि आफू वा भट्टराई प्रधानमन्त्री बन्ने अवस्था नभएकाले अरुलाई प्रधानमन्त्री बनाउने नाममा आफ्नो पार्टीलाई ध्वस्त नबनाउने सोच्न थालेका छन् । त्यसैले उनले भन्नेछन् ‘आफ्नै कारणले पार्टीलाई किन विखण्डन गर्ने ?’ मधेशवादी राजनीतिलाई नजिकबाट हेरेकाहरूले भनेका छन् ‘शीर निहुराएर भए पनि उनी महन्थ र महतोको पछि लाग्नुको विकल्प हुँदैन ।’

नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा विश्लेषण गर्ने क्रममा भारतीय पक्षले नेपालका कम्युनिष्टहरू स्थायी रुपमा छिन्नभिन्न होउन् भन्ने चाहना राखेको बताइन्छ । यता, प्रधानमन्त्री ओलीको चाहना भने आफ्नो व्यक्तिगत स्वार्थको लागि जेसकै र जस्तोसुकै मूल्य चुकाइन्छ भन्ने रहेको छ । त्यसैले भारतले चीनको योजना भताभुङ्ग बनाउने भन्दै नयाँ रणनीति अघि सारेको छ ‘कम्युनिष्टहरूलाई छिन्नभिन्न पार्नुपर्छ । मुख्य दलहरूभित्र अराजकता छिराइदिनुपर्छ र अनि चीनलाई सोध्नुपर्छ-नेपालमा कसले भनेको लागु हुँदो रहेछ त,देख्यौ ?’ आजको जन आश्था साप्ताहिकमा खबर छ ।