आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

चर्चित अस्ट्रेलियन मोडेल भिक्टोरिया म्यानटिन फिचर्ड ’सुस्तरी’ सार्वजनिक   

शुक्रबार, चैत्र ६ २०७७

काठमाडौं । अस्ट्रेलियाकी चर्चित मोडेल भिक्टोरिया म्यानटिनलाइ पहिलोपटक नेपाली म्युजिक भिडियोमा देखिएकी छिन । अस्ट्रेलियामा बसेर फिल्ल्म मेकिङ्ग सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले ’सुस्तरी’को  भिडियोमा अस्ट्रेलियन मोडेल म्यानटिनलाइ पर्दामा उतारेका हुन् । 
’सुस्तरी’को भिडियोलाइ अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायांकन गरिएको छ जसमा निर्देशक गिरीको प्रसस्तै  निर्देशकीय कला देख्न सकिन्छ निर्देशक गिरी लामोसमय देखि अस्ट्रेलियाको मेलबर्नमा बसेर सक्रिय रुपमा काम गर्दै आएका उनले धेरै अंग्रेजी सर्ट फिल्म  र टी भी शोहरुको निर्देशन गरेका छन् भने संगै नेपाली भिडियो सम्बधी कामहरु पनि गरेका छन्  ।
’सुस्तरी’मा पहिलो नेपाल आइडलमा टप ५ की गायिका सुजाता पाण्डेको शब्द संगीत र स्वर रहेको छ भने भिडियोलाइ  एजी फिल्म अस्ट्रेलियाबाट सार्वजनिक गरिएको हो  । 

2.JPG

4.JPG

3.JPG

6.JPG

1.JPG