आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

धितोपत्र बोर्डले दियो ११ अर्ब ५८ करोडको आईपिओ अनुमती  आधा दर्जन कम्पनीहरुको एक अर्ब ६१ करोडको आईपिओ अझै अनुमतीको पखाईमा

शुक्रबार, चैत्र ६ २०७७

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले ११ अर्ब ५८ करोड ८८ लाख ७२ हजार एक सय रुपैयाको साधारण सेयर निष्काशन गर्नको लागि अनुमती दिईसकेको छ । बोर्डले चालु आर्थिक बर्षको हालसम्म अर्थात सबै किसिमका गरी कुल १२ वटा कम्पनीहरुलाई ११ करोड ५८ लाख ८८ हजार सात सय २१ कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुमती दिएको हो । 
अनुमती पाएकाहरु मध्ये केही बाहेक सबै कम्पनीहरुले साधारण सेयर जारी गरी बाँडफाँट समेत गरिसकेकाछन । बोर्डका अनुसार अनुुसार चालु आर्थिक बर्ष सुरुभए पश्चात रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले ६३ करोड, जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड, सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड, प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले ६० करोड, ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ६६ करोड, समाज लघुबित्त बित्तीय संस्थाले ८६ लाख, महिला लघुबित्त बित्तीय संस्थाले चार करोड, 
सिंगटी हाईड्रो पावर कम्पनीले ४३ करोड, रुरु जलबिद्युत कम्पनीले आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ र ग्रीन लाईफ हाईड्रो पावर कम्पनीले ३४ करोड ९६ लाख ४० हजार, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्ब र चन्द्रागिरी हिल्स लिमिटेडले पनि १८ करोड ४० लाख ९१ हजार रुपैयाँ समेत गरी कुल ११ अर्ब ५८ करोड ८८ लाख ७२ हजार एक सय रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्नको लागि अनुमती पाएका हुुन । यसरी साधारण सेयर निष्काशन गर्नको लागि अनुमती पाएका मध्ये सबैजसो बीमा कम्पनीहरुले सेयर बिक्री कार्य सम्पन्न गरिसकेकाछन । 

nopsa.JPG
यसैबिच पछिल्लो समय थप आधा दर्जन कम्पनीहरुले भने एक अर्ब ६१ करोड रुपैयाँ बराबरको आईपिओ जारी गर्नको लागि अनुमती माग गर्दे नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकाछन । बोर्डका अनुसार यही फागुन महिनाभरीमा छ वटा कम्पनीहरुले एक अर्ब ६१ करोड ९६ लाख ३० हजार रुपैयाँ बराबरको एक करोड ६१ लाख ९६ हजार तीन सय कित्ता साधारण सेयर निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिएका हुन । जसमध्ये सहास ऊर्जाले एक अर्ब पाँच करोड, सामलिङ पावर कम्पनी १२ करोड ३० लाख, बुद्धभूमि हाइड्रोपावर कम्पनीले १२ करोड, सयपत्री हाइड्रोपावर लिमिटेडले नौ करोड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले तीन करोड ८९ लाख र जीवन विकास लघुवित्त वित्तीय संस्थाले नौ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको लागि अनुमती माग गर्दे बोर्डमा आवेदन दिएका हुन । यि कम्पनीहरुको समग्र बित्तीय अवस्था हेरेर सेयर जारी गर्नको लागि अन्तिम स्वीकृती दिएको बोर्डले जानकारी दिएको छ । 
आईपिओ निष्काशन गर्नको लागि अनुमती पाउने कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम    रकम
१ सानिमा जनरल इन्स्योरन्स  ३०००००००० 
२ जनरल इन्स्योरन्स कम्पनी  ३०००००००० 
३ चन्द्रागिरी हिल्स लिमिटेड  १८४०९१००० 
४ रिलायन्स लाईफ इन्स्योरेन्स  ६३०००००००
५ ग्रिन लाईफ हाईड्रो पावर  ३४९६४०००० 
६ महिला लघुबित्त बित्तीय संस्था  ४०००००००  
७ समाज लघुबित्त बित्तीय संस्था  ८६००००० 
८ प्रभुु लाईफ इन्स्योरेन्स   ६००००००००
९ रुरु जलबिद्युत कम्पनी   ८१५४११०० 
१० ज्योति लाईफ इन्स्योरेन्स  ६६००००००० 
११ नेपाल इन्फ्रास्ट्रक्चर बैंक  ८००००००००० 
१२ सिंगटी हाईड्रो इर्नर्जी    ४३५०००००० 
 कुल रकम    ११५८८८७२१००
आईपिओ निष्काशनको लागि अनुमतीको पखाईमा रहेका कम्पनीहरु (रकम रुपैयाँमा)
क्र.सं. कम्पनीको नाम    रकम
१ बुद्धभूमि हाइड्रोपावर   १२०००००००
२ सहास ऊर्जा लिमिटेड   १०५०००००००
३ जीवन विकास लघुवित्त संस्था  १९७७३००००
४ सामलिङ पावर कम्पनी   १२३००००००
५ सयपत्री हाइड्रोपावर लिमिटेड  ९०००००००
४ मनकामना स्मार्ट लघुवित्त  ३८९००००० 
 कुल रकम    १६१९६३००००  (स्रोत : नेपाल धितोपत्र बोर्ड)