आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

फलफुल, घ्यू तथा तेलको मूल्यबृद्धि उच्च, पहाडमा सबैभन्दा बढि महंगी

बिहिबार, चैत्र ५ २०७७

काठमाडौं ।  पछिल्लो समय फलफुल तथा तेलको भाउ अकासिएको देखिएको छ । यसले सामान्य जनताको भान्सा महंगो बनाएको छ । यसरी खाद्यान्नको भाउ बढ्दा गरिखानेहरुको दैनिकि भने कष्टकर बन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७६ माघको तुलनामा २०७७ माघमा फलफूलको मूल्य १८.८४, घ्यू तथा तेलको मूल्य १८.१४ प्रतिशतले बढेको छ ।  त्यस्तै दाल तथा गेडागुडीको मूल्य  प्रतिशत १०.४१ प्रतिशत  सूर्तिजन्य वस्तुहरु उपसमुहको मूल्यवृद्धि पनि १०.४१ प्रतिशतले नै बढेको छ ।

माघ महिनासम्ममा मा काठमाडौं उपत्यकामा २.१२ प्रतिशत, तराईमा २.७८ प्रतिशत, पहाडमा ३.३० प्रतिशत र हिमालमा २.०५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ माघमा यी क्षेत्रहरुमा क्रमशः ७.५८ प्रतिशत, ७.२९ प्रतिशत, ५.४६ प्रतिशत र ५.२८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

त्यस्तै २०७७ माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो ।

माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४४ प्रतिशत रहेको छ ।

२०७७ माघमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१३ प्रतिशत रहेको थियो ।

माघ महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.४१ प्रतिशत, ५.३३ प्रतिशत र ३.३९ प्रतिशत रहेको छ । त्यस्तै माघ महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.२५ प्रतिशत रहेको छ ।

२०७७ माघमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । माघ महिनामा ज्यालादर सूचकाङ्क २.२७ प्रतिशतले बढेको छ ।