आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री जोशीको स्वास्थ्य अवस्था गम्भीर

बुधबार, चैत्र ४ २०७७

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रेको हो।

जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ। मष्तिष्कघात भएपछि फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत छन् । ‘केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो ।’  बुधबार बिहान ७ जारी विज्ञप्तिमा भनिएको छ,  ‘तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ ।’

जोशीलाई गत फागुन १४ मा मस्तिष्कघात भएको थियो। केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो। तर पछिल्लो समय उनको स्वास्थ्य अवस्था बिग्रेको छ । ‘उहाँ आफैंले श्वासप्रश्वास गर्नु भएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो। अवस्था बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको छ। हाल भेन्टिलेटरमै राखेर उहाँको उपचार जारी छ,’ बाँस्तोलाले बुधबार बिहान विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।