काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शितलनिवासमा सर्वदलीय बैठक जारी रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरू सहभागी रहेका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
बैठकमा पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी रहेका छन् ।
बैठकमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समेत सहभागी रहेका छन् ।
समसामयिक राजनीतिक विषय र देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरेकी जनाइएको छ ।
बैठकमा पूर्व प्रधानमन्त्रीत्रय झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई सहभागी भएका छैनन् ।
यी हुन् बैठकमा सहभागीहरू
नेकपा एमाले
१. अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली
२. ईश्वर पोखरेल
३. सुवासचन्द्र नेम्वाङ
४. विष्णु पौडेल
५. रामबहादुर थापा
नेपाली कांग्रेस
१. सभापति शेरबहादुर देउवा
२. रामचन्द्र पौडेल
३. विमलेन्द्र निधि
४. शशांक कोइराला
नेकपा माओवादी केन्द्र
१. अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
२. नारायणकाजी श्रेष्ठ
३. देव गुरुङ
जनता समाजवादी पार्टी
१. अध्यक्ष महन्थ ठाकुर
२. अध्यक्ष उपेन्द्र यादव
३. राजेन्द्र महतो
राष्ट्रिय जनमोर्चा
१. अध्यक्ष चित्रबहादुर केसी
राप्रपा
१. अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी
नेपाल मजदुर किसान पार्टी
१. सांसद प्रेम सुवाल
मन्त्रिपरिषद्का अध्यक्ष
१. खिलराज रेग्मी