काठमाडौं महानगरपालिका–१४ बल्खु सुकुम्बासी बस्ती बस्ने २७ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा सोमबार मृत फेला परेकी छन् । उनको बोरामा प्याक गरिएको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हाल फरार मृतकका श्रीमानको खोजी गरिरहेको छ ।
बाँके, बैजनाथ गाउँपालिका–८ टिटिहिरियास्थित जेठी खोलामा तैरिएको अवस्थामा कोहलपुर नगरपालिका–३ मदनचोक बस्ने ४० वर्षीय रविन्द्र थारू सोमबार मृत अवस्थामा फेला परेका छन् । दार्चुला, शैल्यशिखर नगरपालिका–८ झरकाडा बस्ने ५० वर्षीय अम्बा दत्त जोशी सोही ठाउँस्थित किडानी खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।