काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका–६ पानी ट्याङकी नजिकै गुण्डु जाने सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बाग्लुङ, बडिगाड गाउँपालिका–२ राक्सेस्थित बडिगाड खोलाको बिच भागमा गलकोट नगरपालिका–१ बस्ने ४० वर्षीया अम्बिका उपाध्यायआइतबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।