काठमाडौं महानगरपालिका–८ पशुपति मन्दिरमा भारत उत्तर प्रदेश सुडाल बोडर–७ घर भएका ३२ वर्षीय संजय कपरिया बाबा बुधाबर मृत अवस्थामा फेला परेका छन् ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० बेहरास्थित गहुँबारीमा हाल नाम, थर, वतन र उमेर नखुलेका पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ रातोपानीस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका करिब २२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । कैलाली, लम्की चुहा नगरपालिका–१ झुंगा टोलस्थित घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।