आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सवारी दुर्घटनामा २ जनाको मृत्यु 

शुक्रबार, फाल्गुन २८ २०७७

काठमाडौं ।  कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित सडकमा बा.१४ च ७४२२ नम्बरको स्कारपिओको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१० पहलमानपुर बस्ने १६ वर्षीया पुर्णिमा चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचार पश्चात थप उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । घाइते भएका अर्का पदैलयात्री सोही नगरपालिका–११ भलुवा बस्ने १५ वर्षीय गणेश रावलको सोही कलेजमा उपचार भइरहेको छ । स्कारपिओ चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट तरहरा आँपगाछी बस्ने ७० वर्षीय डिल्लीराम दाहालको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार  सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।