आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिहिबार, फाल्गुन २७ २०७७

काठमाडौं । उदयपुरको ताप्ली गाउँपालिका–५ विजुवा बस्ने ४० वर्षीय पञ्चे सार्कीको घरमा सोलर प्यानल सर्ट भई घर, ३ वटा मतान र गोठमा बुधबार दिउँसो आगलागी हुँदा करिब १८ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै सोही गाउँपालिका–२ लेखगाउँ धपेनी बस्ने शान्ती तामाङको घरमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने बेत बहादुर मगर र मिन बहादुर मगरको घर तथा गोठमा समेत आगलागी हुँदा तीनै जनाको अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद समेत जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रुपन्देही, बुटवल उपमहानगरपालिका–८ स्थित दियालो फुडल्याण्डमा गएराति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । सप्तरी, कञ्चनरुप नगरपालिका–१ वैरवा बस्ने दुखनी देवी बैधको घरमा बिहीबार बिहान आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।