बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सामुदायिक प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष सञ्चालन 

बिहिबार, फाल्गुन २७ २०७७

काठमाडौं ।  महाशिवरात्री २०७७ का अवसरमा भगवान् श्री पशुपतिनाथ मन्दिर परिसरमा आउने श्रद्धालु भक्तजनहरूलाई सुरक्षा एवं विविध मानवीय सेवा पुर्याकउने उद्धेश्यले सामुदायिक प्रहरी सेवा केन्द्र चावहिल लगायतको सहभागितामा पशुपति क्षेत्र परिसरमा बिहीबार नेपाल प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष सञ्चालन गरी सेवा पुरयाईएको छ ।
उक्त पोष्ट तथा कक्षमार्फत नेपाल प्रहरी अस्पताल महाराजगञ्जका चिकित्सकहरुद्धारा १ सय ४ जनालाई स्वास्थ्य सेवा पुर्याोइएको छ । साथै भिडमा हराई अभिभावकबाट सम्पर्कविहीन भएका बालबालिका समेत गरी ५५ जनालाई सम्पर्कमा ल्याई  सम्बन्धित आफन्तलाई जिम्मा लगाउनुको साथै थप मानवीय सेवा कार्य समेत गरिएको छ ।
साथै कमाण्ड पोष्टमा विविध सहयोगको लागि आग्रह गरेका भक्तजनहरूलाई आवश्यक समन्वय र सहयोग समेत प्रदान गरिएको थियो ।