काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिका–१ हुँगा बस्ने ५२ वर्षीया मिना गाहाको आफ्नै घरमा आगो ताप्ने क्रममा आगोले जलेर सोमबार बेलुकी मृत्यु भएको छ । उनले लगाएको लुङ्गीमा पछाडीबाट आगो सल्किँदा जलेर गम्भीर घाइते भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौंको काठमाडौं महानगरपालिका–१ नारायणचौरस्थित टहरामा सोही महानगरपालिका–४ चण्डोल बस्ने टाँसी शेर्पाले संचालन गरेको फुड क्रेक पार्क रेष्टुरेन्टमा विद्युत सर्ट भई सोमबार दिउँसो अगलागी हुँदा करिब १० लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित दिनेश परियारले सञ्चालन गरेको मोबाईल पसलमा ईन्भटरबाट विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा पसल पूर्णरुपमा जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दमकलको र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।