दोलखा । बैतेश्वर गाउँपालिका–६ नाम्दु पैयुँखोलास्थित भित्री सडकमा बा.१४ च ९९९३ नम्बरको बोलेरोले किच्दा दोलखा बैतेश्वर गाउँपालिका–६ नाम्दु बस्ने ४० वर्षीय बद्री थामीको सोमबार बेलुकी मृत्यु भएको छ ।
सोही बोलेरोमा यात्रा गरि आएका बद्रीले बोलेरोको सापट भाँचिदा ओत हाल्ने क्रममा बोलेरो ब्याक भई सोही बोलेरोले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिइ यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।