आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कञ्चनपुरमा प्रहरी र तस्करबीच भिडन्त, गोली लागेर एक भारतीयको मृत्यु

शुक्रबार, फाल्गुन २१ २०७७

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा आज साँझ तस्करी कार्यमा संलग्न भारतीय युवा र नेपाल प्रहरीबीच दोहोरो भिडन्त हुँदा भारतीय पक्षका युवक मारिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपाल प्रहरीमाथि भारतीय तस्कर गिरोहले बेलौरी नगरपालिका– ७ पौलाहास्थित नेपाल–भारत सीमा क्षेत्रमा फायर गरेका जनाए । जवाफी फायरमा प्रहरीले चलाएको गोलीबाट भारतीय युवक मारिएका हुन् ।  

मृतकको अन्दाजी २५ वर्षीय भारतीय युवकको साथबाट नक्कली नोट छाप्ने मेशिन, कागजत र लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

घटनापछि नायब उपरीक्षक थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।