आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भक्तपुरमा एक व्यक्तिको डुबेर मृत्यु 

बुधबार, फाल्गुन १९ २०७७

 भक्तपुर नगरपालिका–६ महालक्ष्मी बस्ने ५५ वर्षीया मैया सुवालको सोही ठाउँस्थित ख्यौ पुकुचा पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ । पानीमा डुबी रहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।