आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी ड्रिंकमा साझेदार को-को ?

बुधबार, फाल्गुन १९ २०७७

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जुम्लाको मार्सी चामलको भात खुवाएर चर्चामा आएका झापाका दुर्गा प्रसाईँ अब मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी ड्रिंकको उत्पादन गर्ने बताएका छन्।

‘मार्सी चामलको भात खाँदै गरेको फोटो सार्वजनिक भएपछि मलाई मार्सी, माफिया, डन आदि उपनाम राखेर मेरो बदनाम गरियो’, उनले भने, ‘मेरा अगाडि, पछाडि अनेक नाम जोडेर पत्रकार र राजनीतिज्ञले पनि भात पानी छाडेर लागे। मलाई अनेक नामले बदनाम गरे’, उनले भने, ‘अब चाँडै मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी ड्रिंक ल्याउँदैछु।’

दुर्गा प्रसाइँ प्रचण्ड-ओली निकटका व्यवसायी हुन् । टाइगर ब्रुअरीले दुर्गा प्रसाइँलाई साझेदारका रुपमा भित्राउने, मार्सी ब्राण्डको वियर उत्पादनको तयारी गरिरहँदा यो वियरमा कतै प्रचण्ड र ओलीको पनि लगानी त छैन भनेर चर्चा सुरु भएको छ । दुर्गा प्रसाईँलाई प्रचण्ड-ओलीको व्याकअप रहेकाले प्रसाईँ मेडिकल, जग्गा कारोबार हुँदै मदिरा उद्योगमा प्रवेश गरेकाले अघोषित रुपमा प्रचण्ड-ओलीको पनि लगानी भएको हुनसक्ने अडकलबाजी सुरु भएको छ ।

तर, टाइगर ब्रुअरीमा सञ्चालक खड्काले मार्सी ब्राण्डको वियर उत्पादन आफूले पहिले देखिनै तयारी गरेको बताएका छन् । खड्का अनुसार मार्सी चामलमा सुगर कम हुने भएकाले मार्सी चामलबाट बियर बनाउँदा बजार लिने अपेक्षा गरेका छन् । जुम्लाको मार्सी धानलाई प्रयोग गर्ने योजना बनाएका छन् । वियरमा जौको प्रयोग गरिँदै आएकोमा अब कच्चा पदार्थको रुपमा मार्सी चामल पनि प्रयोग गर्न लागिएको हो ।