आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह

मंगलबार, फाल्गुन १८ २०७७

पाटन कलेज फर प्रोफेसनल स्टडिज ( पीसीपीएस कलेज) ले आफ्नो तेश्रो दिक्षान्त समारोह यहि फाल्गुन १७ गते राजधानीस्थित होटेल काठमाडौँ म्यरिओट मा आयोजना गरेको छ । यो कलेज बेलायत स्थित प्रशिद्ध बेडफर्डशाईर विश्व विद्यालयसंग आवद्ध छ । 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनेरिंग र बिबिए बिषय संग सम्बन्धित कूल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको  प्रमाण पत्र प्राप्त गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रमाण पत्र प्राप्त गर्ने विद्यार्थीहरुलाइ बधाई ज्ञापन गर्दै राष्ट्रको समग्र बिकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नु पर्ने बताउनुभयो । साथै शिक्षा ऐनको संसोधन गरि आधुनिक शिक्षा प्रणालिको बिकाश गर्नका लागि एउटा छुट्टै बिशेष कार्यदल बनाएर काम थालिने पनि जानकारि गराउनुभयो ।

222222.JPG   
यसैगरि  समारोहमा एलबिइएफ ग्रुपका अफ इन्स्टिट्युसनका   अध्यक्ष पंकज जालानले २०१७ ईस्वी सनमा स्थापित पीसीपीसीले आफुलाई आज  मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाको रुपमा उभ्याउन सफल भएको बताउनु भयो ।  “नेपाली विद्यार्थीहरु नेपालमै  अन्तराष्ट्रियस्तरको  शिक्षा प्रभावकारी रुपमा प्रदान गर्ने हाम्रोे सपनालाई साकार पार्न यस कलेजले ठुलो भूमिका खेलिरहेको छ,“ वहाँले थप्नु भयो ।
समारोहमा अर्का वक्ता काठमान्डू विश्व बिद्यालयका उपकुलपति  प्रा. डा. भोला थापाले  स्नातक तह उत्तीर्ण  गर्ने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुको शैक्षिक उपलब्धि प्रति  आफु गौरवान्वित भएको  बताउनु भयो ।

55555.JPG   
समारोहका बिशेष अतिथि  एवं एनबिसीसीआइ का  अध्यक्ष राजेन्द्र खेतानले यी  विद्यार्थीहरुले भोलि कार्पोरेट क्षेत्रको चुनौतीहरुलाई उच्च व्यावसायिक क्षमताका साथ सामना गर्न सक्ने बिश्वास व्यक्त गर्नु भयो । यससंगै दिक्षित बिध्यार्थी हरुलाई नेपाली श्रम बजारमा स्वागत पनि गर्नुभयो ।   
कार्यक्रममा एलबिइएफ ग्रुपका अफ इन्स्टिट्युसनका कार्यकारी निर्देशक ई प्रकाश कुमार केजरिवालले  स्वागत मन्तब्य व्यक्त गर्दै स्नातक तह उन्निर्ण  बिद्यार्थीहरु प्रति खुसी व्यक्त गर्दै  आफुलाई  गौरव लागेको बताउनुभयो ।  
पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनेरिंग  र बिजनेस एड मिनिस्ट्रेसन् बिषयहरुला स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ ।  यसैगरी यस  कलेजले फुसेमसिंस नामक कम्पनि संग साझेदारी गरि  आर्टिपिÞmसिएल इन्टेलिजेन्स बिषयमा   माइक्रो डिग्री कार्यक्रम पनि संचालन गरिरहेको छ ।

33333.JPG

44444.JPG