बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वैशाखमा हुने निर्वाचनको आन्तरिक तयारी पूराः प्रमुख आयुक्त

शनिबार, फाल्गुन ८ २०७७

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् ।

शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा गरेको बताए ।

फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरि मतदान स्थल र मतदान केन्द्रहरुको निधो गरिने उनको भनाइ छ ।

निर्वाचन सामाग्रीहरुको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको बताए ।