आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

हवाई इन्धनको पनि मुल्य वृद्धि

शुक्रबार, फाल्गुन ७ २०७७

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै हवाई कम्पनीहरुले पनि हवाई भाडा वृद्धि गर्ने भएका छन् ।

 शुक्रबार बसेको बायुसेवा सञ्चालक संघको बैठकले निगमले हवाई इन्धनको समेत मुल्य वृद्धि गरेको भन्दै हवाई भाडा वृद्धि गर्ने निर्णय गरेका हुन् । 

संघले शुक्रबार नै एक सूचना जारी गर्दै भोली ८ गतेदेखि लागू हुने गरि नयाँ भाडा लागू हुने जनाएका छन् ।

निगमले गत फागुन ४ गते पेट्रोल,डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत मूल्य प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको थियो ।