बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

बिहिबार, फाल्गुन ६ २०७७

गुल्मीको परालमीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप बीच बाटैमा दुर्घटना भएको र जिप सडकबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

उनका अनुसार दुर्घटनामा १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो । घाइते भएका ६ जनाको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ । दुर्घटनामा परेको  जिपमा ११ जना सवार थिए । तर १ जना दर्घट्ना हुनुभन्दा पहिले नै जिपबाट ओर्लेका थिए।