काठमाडौं महानगरपालिका ३२ जडिबुटी ढुंगेधारास्थित कृष्णक खड्काको बन्दै गरेको घरमा सोही ठाउँ बस्ने सिन्धुलीकी ३२ वर्षीया सुशिला नेपाली बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
बाँके, राप्तिसोनारी गाउँपालिका(८ परुवा खोलामा सोही ठाउँ बस्ने २७ वर्षीया सरीता वली बुधबार मृत फेला परेकी छन् । शनिबार देखि हराईरहेकी उनलाई खोजी गर्ने क्रममा पानीमा तैरिरहेको अवस्थामा उनको शव फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।