काठमाडौं महानगरपालिका ३२ नरेफाँटस्थित मनोहरा खोला छेउमा करिब ७ महिनाको नवजात शिशु (बालिका) मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । पाँचथर, फाल्गुनन्द गाउँपालिका ७ आङसराङ बस्ने ६६ वर्षीय बल बहादुर आलेमगर आफ्नै घर पछाडी मंगलबार मृत अवस्थामा फेला परेका छन् । झापा, दमक नगरपालिका ९ अमर चोक बस्ने ४५ वर्षीय फगुला मण्डल सोही चोकमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, सिद्धार्थनगर नगरपालिका ८ कोल्डस्टोर नजिक नालामा मायादेवी गाउँपालिका(८ बस्ने ४६ वर्षीय रुपेश बिक मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।