बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारको निर्णयः माघ ३० गते सार्वजनिक विदा

मंगलबार, माघ २७ २०७७

काठमाडौं । सरकारले माघ ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको एक मन्त्रीले बताए ।

नेपाल तामाङ घेदुङले सरकारसँग पटकपटक सोनाम ल्होछारमा बिदा दिन ध्यानाकर्षण गराउँदै आएको थियो ।

सरकारले केही वर्ष अघिसम्म सोनाम ल्होछारमा बिदा दिए पनि पछिल्ला वर्षमा बिदा कटौती भएको थियो ।